२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी इगा सिवाटेकलाई


208
Shares

काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा अमेरिकाकी कोको गौफलाई हराउँदै सिवाटेकले करियरमा दोस्रो ग्रान्डस्लाम उपाधि हात पारिन् ।

गौफ विरुद्धको खेल सिवाटेकले ६–१ र ६–३ को सोझो सेटमा जितेकी थिइन् ।

सिवाटेकले यसअघि सन् २०२० को फ्रेन्च ओपन पनि जितेकी थिइन् । जितपछिको आफ्नो विजय भाषणमा सिवाटेकले युक्रेनमा जारी युद्ध अन्त्यको कामना गरिन् । उनले प्रतियोगिता अवधिभर सबै खेलमा युक्रेनको समर्थन स्वरुप युक्रेनी झण्डाकै रंगको रिबन लगाएकी थिईन् ।

फ्रेन्च ओपन टेनिसको पुरुषतर्फको उपाधिका लागि आइतबार स्पेनका राफाइल नादाल र नर्वेका क्यास्पर रुड भिड्नेछन् ।

किर्तीमानी २१ ग्राण्डस्लाम विजेता नादाल आइतबार १४ औं फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका छन् । आठौं वरियताका रुड भने ‘क्ले कोर्टका बादसाह’ को उपनाम पाएका नादाललाई स्तब्ध पादै करियरमा पहिलो ग्रान्डस्लाम जित्ने अभियानमा हुनेछन् । रुड सन् २०१८ दखि स्पेनको मयोर्कामा रहेको नादालकै टेनिस एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।