
काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ ।
सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले जानकारी दिएका छन् ।
पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्दैछन् ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।
ठूलो लगानीमा निर्माण गरिएको यस फिल्मलाई असोज ७ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रर्दशन हुने भएको छ । ‘प्रेमगीत ३’ ‘प्रेम गीत’ को तेस्रो श्रृङ्खला हो । ‘प्रेम गीत’ र ‘प्रेमगीत २’ बक्स अफिसमा सफल भएका फिल्महरू हुन् ।
प्रतिक्रिया दिनुहोस्