
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्ना प्रत्येक सदस्यबाट न्यूनतम सय रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ ।
पूर्व स्थायी समितिको आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न एक सयका दरले रकम संकलन गर्ने भएको हो ।
बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको एक पूर्व स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।
यसैगरी, बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्