
काठमाडौं । पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएकाे खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने रुसले चेतावनी दिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताउनुभएकाे हाे । उहाँले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिनुभएको छ ।
युक्रेनको राजधानी किभमा हप्तौपछि पहिलो पटक शहर नै हल्लाउने गरी रुस मिसाइल प्रहार भएकै दिन राष्ट्रपति पुटिनको यस्तो चेतावनी आएको हो । रुसले स्थल र हवाई आक्रमण तीव्र पारेपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई निरन्तर रुपमा हतियार सहयोग गरिरहेका छन् ।
अमेरिकाले हालै हाई मोबिलिटी रकेट प्रणाली युक्रने पठाउने घोषणा गरेपछि रुस थप रुष्ट बनेको हो ।
प्रतिक्रिया दिनुहोस्