२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


फ्रेन्च ओपन टेनिसको उपाधि नदाललाई


156
Shares

काठमाडौं । रफाइल नदालले किर्तीमानी १४ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा आइतबार राति भएको फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा हराउँदै नदालले करियरमा २२ औं ग्राण्डस्लामको उपाधि जितेका हुन् । क्ले कोर्टमा अहिलेसम्मकै सफल खेलाडी नदालको यो जितले रुडको पहिलो ग्रान्डस्लाम जित्ने सपना चकनाचुर भएकाे छ।

यसैगरी सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीहरूको सूचीमा दोस्रो नम्बरमा रहेका स्विट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिचमाथि दवाब पनि बढेको छ । यी दुई खेलाडीले २० पटक ग्राण्डस्लाम टेनिसको उपाधि जितेका छन् ।

यस पटक फ्रेन्च ओपनको महिलातर्फको उपाधि भने पोल्याण्डकी इगा सिवाटेकले जितेकी छन् ।