
काठमाडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।
आज (सोमबार) बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली भई प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सोमबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सोमबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।
साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्