२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाकाे बैठक आज बस्दै

बजेटकाे विषयमा आजदेखि मन्त्रालयगत छलफल हुने

91
Shares

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक आज (साेमबार) बस्ने भएकाे छ।

बैठक साेमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। प्रतिनिधिसभामा साेमबारदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुनेभएकाे छ। बजेटकाे विषयमा सैद्धान्तिक छलफल भइसकेपछि मन्त्रालयगत छलफल हुनेभएको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची भएकाे संसद सचिवालयले जनाएको छ।