१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


156
Shares

काठमाडौं । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा सोमबार बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ना ६ ख ६३९९ नम्बरको ट्रकले स १० प ४६११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ६७ वर्षीय राम नारायण चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।