
web pic
काठमाडौं । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा सोमबार राति मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।
यस्तै, गम्भीर घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थाई प्रहरी पोष्ट हेम्जाा कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्