२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जेष्ठ नागरिक ग्राममा भएकाे अनियमितता मुद्दाकाे कारण देखाऊ आदेश जारी


351
Shares

काठमाडौ । काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र छाडिएको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ मा भएको अनियमितताका विषयमा परेको रिटमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले सोमबार कारण देखाऊ आदेश जारी गर्दै विपक्षीहरु संकल्प नेपाल र संस्थाकी तत्कालीन अध्यक्ष तथा हाल राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको हकमा आफै वा प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न भनेको छ । जेष्ठ नागरिक भवन निर्माणमा अनियमितता भएको भन्दै त्यसको छानबिनको माग गर्दै २०७८ माघ २४ गते अख्तियार र महिला मन्त्रालयमा उजुरी परेको थियो ।

महिला मन्त्रालयले छानबिन समिति गठनगरि छानविन प्रक्रिया अगाडि बढाए पनि प्रतिवेदन सार्वजनिक गरेको छैन् ।