१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीभित्रकै केही चिप्ले चोरहरूले मेरो बदनाम गरे : मन्त्री आले


858
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको हो ।

उहाँले आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो ।

मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनुभयो । आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

‘मैले मेरो पार्टीको आदरणीय नेता माधवकुमार नेपाललाई मन्त्रीमण्डल निर्माण गर्दा ६ महिनाको लागि हामीलाई तोकिएको थियो, मैले त्यही बेला भनेको थिएँ, हामीले त आठ महिना खान पायौं,’ मन्त्री आलेले भन्नुभयो, ‘दुई महिना त ग्रेसपार्क पाइसक्यो, अरु साथीहरूलाई मौका दिने तपाईंको इच्छा छ भने दिनुहोस् म खुशी छु भनेर मैले सहमति पनि दिएको हो, तर हाम्रै पार्टीका केही चिप्ले चोरहरू÷चिप्ले किराहरू आलेले धरै चलखेल ग¥यो भनेर इन्टरभ्यू दिइरहेका छन् ।’

मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको बिरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनुभयो ।

मन्त्री आलेले देश÷विदेशमा रहेका हिन्दु धर्मावलम्वीहरूले पशुपति क्षेत्रमा पूजा आराधना गर्न आउँदा सस्तो सुलभमा बस्न÷खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै बतास समूहलाई पशुपतिको धर्मशाला कौडीको भाउमा दिन नसक्ने बताउनुभयो ।