
काठमाडौं । चीनमा आयोजना हुने १९औं संस्करणको एशियाली खेलकुद (एशियन गेम्स)का लागि खेलाडीको बन्द प्रशिक्षण शुरु भएको छ ।
एशियन गेम्समा सहभागी हुने विभिन्न खेलको मंगलबारबाट बन्द प्रशिक्षण शुरु भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
राखेपले विभिन्न २३ खेलको बन्द प्रशिक्षण शुरु गरेको हो । एशियन गेम्स भने अहिले स्थगित भएको छ र नयाँ मिति तोकिइसकेको छैन ।
नेपालले एशियन गेम्समा विभिन्न २३ खेलमा सहभागिता जनाउने छ ।
प्रतिक्रिया दिनुहोस्