
काठमाडौ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले देशका १३ ठाउँमा जुनसुकै समयमा इन्टरनेट काटिनसक्ने चेतावनी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पोलभाडासम्बन्धी उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी विद्युत् लाइन काटेकाले देशका १३ स्थानमा जुनसुकै समयमा इन्टरनेट सेवा अवरोध हुनसक्ने आइस्पानले जनाएको हो ।
प्राधिकरणले डेटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरको घरबेटीको समेत विद्युत् कटौती गरेको दाबी गर्दै संघले इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहवी, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगेलीमा इन्टरनेट काटिनसक्ने बताएको हो ।
विद्युत् लाइन कटौती भएका स्थानमा अहिले ब्याकअप सिस्टमले चलिरहेको र सिस्टमले धान्न छाडेपछि इन्टरनेट अवरोध आउने संघले जनाएको छ ।
संघले जारी गरेकाे विज्ञप्तिमा सेवा प्रदायकहरू नेपाल सरकारको उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार मात्रै पोलभाडा तिर्न सहमत रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्