१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा कांग्रेसले सम्झौता उल्लंघन गरेको जसपाको आरोप


169
Shares

धनकुटा । जनता समाजवादी पार्टी नेपाल धनकुटाले चुनावअघि धनकुटामा गठबन्धनमा आवद्ध दलहरूबीच भएको सम्झौता नेपाली कांग्रेसले उल्लंघन गरेको आरोप लगाएको छ ।

धनकुटामा मंगलबार पत्रकार सम्मेलन गर्दै जसपाले यस्तो आरोप लगाएको हो ।

वैशाख १५ गते भएको सम्झौतामा जिल्ला समन्वय समितिको प्रमुख आफ्नो दलले पाउने सहमति भए पनि मंगलबार उम्मेदवार मनोनयन प्रक्रियामा अगाडी बढाउने क्रममा कांग्रेसले आफ्नै पार्टीबाट उम्मेदवार पठाएर धोका दिएको जसपा धनकुटाकी कार्यबहाक अध्यक्ष पार्वती राईले बताउनुभयो ।

लिखित रूपमा भएको सम्झौतालाई लत्याएर कांग्रेसले अपमानजनक राजनीतिक बेइमानी गरेको जसपाका नगर इन्चार्ज गोपाल लिम्बुले बताउनुभयो ।