१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


जीवन रक्षाका लागि आवाज उठाउनेमाथि दमन बन्द गर्न माग


195
Shares

काठमाडौं । नेपाल सामुदायिक वन उपभोक्ता महासंघले सरकारसँग वन्यजन्तुबाट जीवन रक्षाका लागि आवाज उठाउने माथि राज्यको दमन बन्द गर्न माग गरेको छ ।

मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले वन्यजन्तु आतंक तत्काल नियन्त्रण गर्दै जनताले आफ्ना माग राख्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले गोली चलाउनु मौलिक अधिकार माथिको हस्तक्षेप भएको बताएको छ ।

पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भारती पाठकले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आतक्ङ रोक्न शान्तिपूर्ण आन्दोलन गर्ने उपभोक्ता समूहलाई सुरक्षा निकायको अनावश्यक हस्तक्षेप र आन्दोलन दबाउन गोली चलाएर नागरिकको ज्यान लिने कार्यले मानव अधिकारको उलंघन भएको बताउनुभयो ।

अध्यक्ष पाठकले संघीय र प्रदेश सरकारले तत्काल वन्यजन्तु आतक्ङ नियन्त्रणका लागि स्पष्ट रणनिति र योजना नल्याएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताउनुभयो ।