१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कसले दिए सलमान खानलाई धम्की, प्रहरीलाई दिए यस्तो बयान


1.755k
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धक्की दिँदै पत्र पठाएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार ज्यान मार्ने धम्कीले भरिएको पत्र आइतबार बान्द्राको ब्यान्डस्टयान्डमा भेटिएको थियो ।

उक्त पत्र सलिम खानका सुरक्षा गार्डले फेला पारेका थिए । त्यसपछि मुम्बई प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडी बढाएको थियो ।

प्रहरीले अभिनेताको घरमा गएर सोधपुछ गरेको थियो । सलमान खानले प्रहरीलाई बयान दिँदै भनेका छन्, ‘मलाई धम्की पत्रमा कुनै शंका छैन। आजकल मेरो कसैसँग दुश्मनी छैन । लरेन्स बिश्नोईको बारेमा मलाई सन् २०१८ देखि थाहा छ, जब उनले धम्की दिए । गोल्डी बरार को हो मलाई थाहा छैन ।’

मुम्बई प्रहरीको एक स्रोतलाई उद्धृत गर्दै, अनुसन्धानको क्रममा सलमान खानलाई सोधिएका प्रश्नहरूको बारेमा पत्ता लागेको छ ।

१. तपाईलाई कुनै प्रकारको धम्कीपूर्ण कल वा म्यासेज आएको थियो कि भनेर सोधिएको थियो । के उसको केही समय अगाडि कसैसँग झगडा भएको थियो ?
यसमा सलमान खानले आफूलाई त्यस्तो केही नभएको बताएका छन् । पछिल्ला दिनमा उनको कसैसँग झगडा पनि भएको छैन् । कुनै फोन वा धम्की सन्देश आएको छैन् ।

२. के तपाईलाई धम्कीपूर्ण पत्रको बारेमा कसैलाई शंका छ ?
सलमानले कुनैपनि पत्र आफुले नपाएको बताएका छन् । मेरो बुबाले त्यो पाउनुभयो, त्यो पनि बिहानको मोडिङ वाकमा । मैले कसैलाई शंका गर्ने कुरै छैन् ।

३. के तपाई गोल्डी बरार वा लरेन्स बिश्नोईलाई चिन्नुहुन्छ ? के तपाईंले पछिल्लो समय उहाँ वा उहाँका कुनै गिरोह सदस्यहरूबाट धम्की प्राप्त गर्नुभएको छ ?
सलमान खानले भने कि म गोल्डी बरारलाई चिन्दिन । म लरेन्स बिश्नोईलाई चिन्छु, त्यो पनि विगतमा केही वर्षदेखि उसका चलिरहेको मुद्दाको कारणले जति सबैलाई थाहा छ, उति मलाई पनि थाहा छ ।