
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गर्नुभएको हो ।
‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ ।
२०७६ माघ १२ गतेदेखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् ।
प्रतिक्रिया दिनुहोस्