
काठमाडौं, वैशाख ८ । नेपाल टेलिकमबाट वितरित सिमकार्डमा ब्यालेन्स न्यून भइ ‘लकडाउन’मा आफन्तसँग सम्पर्क गर्न नपाएका झन्डै दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने भएका छन् ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको पहलमा यो व्यवस्था लागू भएको जनाइएको छ ।
ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि विभिन्न भ्वाइस, डेटा तथा एसएमएस सेवा उपलब्ध गराइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्