
एजेन्सी । बेलायतमा कुकुरलाई करणी गर्ने ५६ वर्षिय एक व्यक्तिलाई अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ ।
बेलायतको वेल्समा बस्दै आएका डीन बियर नामका एक व्यक्तिले आपत्तिजनक तस्वीरहरू सामाजिक सञ्जालमा सेयर गर्दै आएका थिए । प्रहरीले यस विषय अनुसन्धान गर्दै जाँदा उनको फोनमा थुपै आपत्तिजनक फोटो भिडियोहरू फेला पारेको थियो । त्यस भिडियोमा उनले कुकुरलाई यौन शोषण गरेको र नाबालिगहरूको आपत्तिजनक फोटोहरू राखिएको भेटीयो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डीन बियरका दुईजना साथिले उनलाई कुकुरसँग सम्बन्ध राख्न उक्साएका थिए । उनले कुकुरलाई करणी गरेसँगै उक्त भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरेका थिए । नेशनल क्राइमम एजेन्सीले प्रहरीलाई फोटो र भिडियोको विषयमा जानकारी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि स्टोक आन ट्रेन्ट क्राउन अदालतमा यस घटना बारे सुनुवाई भएको हो ।
अभियोजक मारिया ब्राननका अनुसार बेलायती प्रहरीले २१ जुलाई २०२० मा डीन बीयरको घरमा गएर एउटा मोबाइल फोन बरामद गरेको थियो । त्यसमा १३ देखि १५ वर्षका नाबालिगहरूको आपत्तिजनक फोटो भेटिएको थियो ।
डीन बीयरले अब आफ्नो सम्पूर्ण गल्तिहरूलाई स्वीकारेका छन् । उनीमाथि नाबालिगको आपत्तिजनक तस्वीर राख्ने, पोर्नग्राफी इमेज राख्ने, जनावरलाई करण्ी गर्ने, जस्ता आरोपहरू लागेको छ ।
डीन बियरका वकिलले न्यायाधीशलाई अब उनीसँग कुकुर नभएको र यो मुद्दालाई स्थगित गर्न अनुरोध गरे । तर, न्यायाधीशले उक्त मुद्दामा तुरुन्तै जेल सजाय दिनु उचित हुने बताए । साथै ती न्यायाधीशले सामाजिक सञ्जालमा यस्तो भिडियो सेयर गर्नु घिनलाग्दो कार्य भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्