
एजेन्सी । भारतीय महिला क्रिकेट टीमकी पूर्व कप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिएकी छन् । उनले सबैको आशिर्वाद र साथले दोस्रो पारीको पतीक्षामा रहेको बताएकी छन् ।
मिताली राजले भारतका लागि २ सय ३२ एक दिवसीय र १२ टेस्ट क्रिकेट खेलेकी छन् । एक दिवसीयमा ५०.६८ को औषतमा ७ हजार ८०५ रन बनाएकी उनले टेस्टमा ४३.६८ को औषतमा ६९९ रन बनाएकी छन् ।
मिताली राज एकदिवसिय क्रिकेटमा विश्वकै सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।
३ डिसेम्बर १९८२ मा राजस्थानको जोधपुरमा जन्मिएकी मिताली राजले भारतमा महिला क्रिकेटरलाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।
मितालीले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु सर्वोच्च सम्मानको कुरा भएको लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्