
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको हो ।
पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।
अनुमतिविनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।
साथै, अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत प्राधिकरणले अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्