
बर्दिया । बर्दियामा पाटे बाघ नियन्त्रणमा लिइएको छ ।
मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि एउटा बाघ समातिएको थियो ।
समस्याग्रस्त पोथी बाघ घाईते रहेको पाईएको डिभिजन बन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन बन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा बाघ नियन्त्रणमा लिइएको एनटीएनसीको प्राविधिक टोलिले जनाएको छ ।
खाता सामुदायिक वन क्षेत्रमा केही दिन अघि बाघले आक्रमण गरी एकजना महिलाको ज्यान लिएको थियो भने सोमबारमात्रै बाघको आक्रमणमा परी छोट्की सोनाहाकी ४१ वर्षीया अस्मिता थारु घाईते भएकी थिइन । समस्याग्रस्त बाघको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने स्थानियले मागराख्दै आएका थिए । सोही क्रममा सोमबार ओराली बजारमा प्रहरी र समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागि १८ वर्षीया नविना थारुको मृत्यु भएको थियो ।
स्थानीय प्रशासन र समुदायबीच सम्झौता भएपछि अवरुद्ध सडक खोलिएको थियो ।
प्रतिक्रिया दिनुहोस्