५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


प्रधानमन्त्री देउवालाई अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डिङ जर्नेलले भेट्दै

प्रधान सेनापति शर्मासँग पनि आजै भेटवार्ता गर्ने

104
Shares

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आउनुभएका अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमान्डिङ जर्नेल चाल्र्स ए फ्लाएनले आजदेखि भेटघाट सुरु गर्दै हुनुहुन्छ ।

फ्याएनले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सैनिक सरोकारका पक्षसँग भेटघाट गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवासँगको भेटको समय भने खुलाइएको छैन् । उहाँ आजै सैनिक मुख्यालय जाने र त्यहाँ नेपाली सेनाले फ्लाएनलाई गार्ड अफ अनर प्रदान गर्ने सैनिक मुख्यालयले जनाएकाे छ । गार्डअफ अनरपछि प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता हुनेछ । प्रधान सेनापति शर्माले आजै फ्लाएनको सम्मानमा रात्रिभोज आयोजना गर्दै पनि जनाइएकाे छ ।

फ्लाएन शनिबार हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जाने र खुम्जुङमा रहेको एभरेष्ट भ्यु होटलमा ब्रेकफास्ट गर्ने कार्यक्रम रहेको छ । माउन्टेन फ्लाइटबाट फर्किएपछि अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुने बुझिएको छ । आइतबार भने काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्रको अवलोकन गर्ने र त्यहाँबाट शिवपुरी गएर स्टाफ कलेजमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेपाली सेनाले जनाएको छ ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमान्डिङ जर्नेल चाल्र्स ए फ्लाएन जेठ २९ गते साँझ फर्कनुहुनेछ ।