
पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।
फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग गर्दै आएका छन् । पाँचथरको फिदिम बजारको फोहोर व्यवस्थापनको लागि उचित प्रबन्ध नहुँदा दुर्गन्धले स्वास्थ्यमा असर पारेको स्थानीयबासीको गुनासो छ ।
कृषि उपयोगी प्राङ्गारिक मल बनाउने भन्दै बजारको फोहोर थुर्पाने स्थान बनाएर बस्ती दुर्गन्धित बनाएको स्थानीयबासीको आरोप छ । नव निर्वाचित नगर प्रमुख र उप्र प्रमुखको टोलीले ल्याण्ड फिल्ड साइडको अवलोकन पनि गरेको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेले टहरा र फाहोर ब्यवस्थापन उपकरण स्थापना गरी दुर्गन्ध रहित बनाउने आश्वासन दिनुभएको छ ।
नगरपालिकाले आगामी कार्यक्रममा बजेट विनियोजन गरी फोहोरलाई व्यवस्थापन गर्दे मोहोरको रुपमा परिणत गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्