
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले ठूला ल्याण्डफिल्ड साइट बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभयो ।
मन्त्री झाँक्रीले शुक्रबारबाट काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गर्नुभयो । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण समस्या ज्यूँका त्यूँ भएको उहाँले बताउनुभयो ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितको टोलीले स्थानीयवासीसँग शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो ।
प्रतिक्रिया दिनुहोस्