
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरूनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले कतिपय पदाधिकारीहरूले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्यममा आइरहेको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद सुवालले मिटर व्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरूनै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गर्नुभयो ।
सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्