
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।
शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
थापाले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो ।
उहाँले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दै स्थानीयहरूले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो ।
महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्