१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्छ : जीवनराम श्रेष्ठ


117
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्नेकुराको सुनिश्चितता गर्र्नुपर्ने बताउनुभयो ।

उहाँले काठमाडौंको फोहोरको समस्या राष्ट्रिय समस्याका रूपमा आइसकेकोले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

नेता श्रेष्ठले कानूनी रूपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग भएका विभिन्न सम्झौताहरूलाई समयमै कार्यान्वयन गर्नेकुरामा गम्भीर हुनुपर्ने बताउनुभयो ।