
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार १४.६४ अंकले घटेको छ ।
बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम पनि १ अर्ब भन्दा कममा सीमित भएको छ ।
बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको यसदिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा कारोबारबाट ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।
सबै उपसमूहको मूल्य घट्दा सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले गुमाएको शुक्रबार ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँको कारोबार भयो ।
उपकार लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको मूल्यमा पोजेटिभ सर्किट लाग्दा बलेफी हाइड्रोको मूल्य समेत ९.९८ प्रतिशतले बढ्यो ।
सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल, युनाइटेड आइडीआइ मार्दीसहितका कम्पनीको मूल्य बढी घटेको छ ।
प्रतिक्रिया दिनुहोस्