
काठमाडौं । नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ।
अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको हाे । आज (शनिबार) प्रदेश-१ र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। प्रदेश-१ र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ । अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा समेत हुनेछ । साथै मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१ र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्