
काठमाडौँ । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफलाई मुटुमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
पछिल्लो तीन सातादेखि दुबईस्थित एक अस्पतालमा भर्ना गरेर उहाँको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पारिवारिक स्रोतका अनुसार मुटुमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको छ । अस्पतालका अनुसरा मसरफको स्वास्थ्यमा सुधार आउने कुनै सम्भावना देखिएको छैन भने शरिरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ ।
तर, मुसरफलाई भेन्टिलेटरमा भने नराखिएको बताइएको छ । सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो । सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कू गरेर उहाँले राज्य सत्ता हातमा लिनुभएको थियो । उहाँलाई पाकिस्तानको विशेष अदालतले सन् २०१९ मा देशद्रोहमा आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजायँ सुनाएको छ ।
सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानमा आपतकाल घोषण गरी उहाँले सन् २००७ मा नै संविधान खारेज गरेको अपराधमा सन् २०१३ मा देशद्रा्हको मुद्दा चलेको थियो । जुन मुद्दामा मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा दोषी ठहर गरेको थियो ।
सन् १९९९ मा पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज शरीफका अपदस्थ गरी सन् २००८ मा पाकिस्तानको सत्ता सम्हाल्नुभएका मुशर्रफ सन् २०१६ देखि दुबईमा रहँदै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्