
web pic
पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका हुन् । एकतिको पंचमुखीदेखि थोक्लिम्बा तिर जाँदै गरेको प्रदेश १-०२-००३-त १८५४ नम्वरको ट्रयाक्टर पल्टिदा दुर्घटना भएकाे हाे ।
साेही दुर्घटनामा ट्रयाकटर चालक सुरेश साँवाको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्