
इलाम । इलामको एक विद्यालयले लोकतान्त्रिक विधिबाट विद्यालयको कप्तान र सहायक कप्तान छनौट गरेको छ ।
विद्यार्थीलाई निर्वाचन पद्धतिको जानकारी दिने उदेश्यले हेरिटेज नेशनल एकेडेमीले लोकतान्त्रिक पद्धतिबाट विद्यार्थीको कप्तान र सहयाक कप्तान छनौट गरेको हो । विद्यालय हाताभित्र निर्वाचन अधिकृत, मतमेटीकाको व्यवस्थापन गरी चुनावी प्रक्रियाबाट कप्तान निर्वाचित गरिएको छ।
देशमा स्थानीय तहको निर्वाचन सकिएकाे छ । साथै अब प्रदेश र संघको निर्वाचन आउनै लाग्दा प्रयोगात्मक सिकाईको लागि विद्यार्थीहरूलाई लोकतान्त्रिक पद्धतिको विधि सिकाइएको हो ।

विद्यालयमा नर्सरीदेखी कक्षा १२ सम्म अध्यापन हुने भएपनि कक्षा ४ देखि १० सम्मका ४ सय ३३ विद्यार्थी मतदानमा सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस्