९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भाइरसका कारण हलिउडका चर्चित गायक जस्टिन बिबरको अनुहारमा पक्षघात


3.471k
Shares

एजेन्सी । हलिउडका चर्चित गायक जस्टिन बिबरलाई खतरनाक रोगका कारण पक्षघात भएको छ ।

गायक बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक खतरनाक रोगले छोएपछि उनको अनुहारको आधा भागमा पक्षघात भएको हो ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूलाई पक्षघात भएकै कारण आफ्नो कन्सर्टको शो रद्द गरेको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘यो रोग मलाई एक भाइरसका कारण भएको हो । जसले मेरो अनुहारको स्नायुमा आक्रमण गरिरहेको छ । जसका कारण मेरो अनुहारको एक छेउमा पूरै पक्षघात भएको छ । मेरो एउटा आँखा झिम्किएको छैन् । साथै पक्षघात भएको भागबाट म हाँस्न पनि सकिरहेको छैन । त्यो तर्फको नाक पनि हल्यिएको छैन् ।’

यो रोग लागेपछि गायक बिबर केही समयका देखि आराम गरिरहेका छन् । कन्सर्ट शो रद्द भएपछि उनका प्रसंशकहरू गायक बिबरसँग रिसाका थिए । भिडियो सार्वजनिक गर्दै उनले आफ्ना प्रसंशकलाई भनेका छन्, ‘यो समय म स्टेज प्रस्तुती दिन सकेको छै, किनकी मेरो शरीरले काम नै गरेको छैन । यो भाइरस निकै गम्भीर किसिमको छ । यस्तो अवस्थामा मलाई लाग्छ मैले आराम गर्नुपर्छ । म पूरै निको भएर फेरी आउने छु , आशा छ मलाई तपाइहरूले बुझ्नुहुनेछ ।’