
धनकुटा । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्ग निर्वाचित हुनुभएको छ ।
शनिबार भएको निर्वाचनमा तामाङ कुुल १४ मध्ये ९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हर्क चेम्जोङ्गले ५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, उण्पप्रमुखमा नेकपा एमालेकी सावित्रा राई निर्वाचित हुनुभयो । त्यस्तै अन्य सदस्यहरूमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
विजयी हुनेहरूमा इन्दिरा सुुब्बा, कमल कुमारी लिम्बुु, सीता भण्डारी बालकुमारी रुचाल, टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रविन्द्र न्यौपाने रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्