१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईमेजकर्मी आचार्य सम्मानित


130
Shares

सुनसरी । ईमेज टेलिभिजन र ईमेजखबर डटकमका सुनसरी सम्वाददाता रत्न आचार्य सम्मानित हुनुभएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको ३८औं साधारण सभामा शनिबार आचार्यलाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट सुनसरीमा आर्थिक र पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आचार्यलाइ नगद १० हजार रूपैयाँसहित सम्मान गरिएको हो ।

आचार्यलाई नेपाल उद्योग वाणिज्य महासंघकी निबर्तमान अध्यक्ष भवानी राणा र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।

संघले पत्रकारिताको माध्यमबाट आर्थिक र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई वार्षिक रूपमा नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ ।

कोरोना महामारीको कारण २०७६ सालदेखि रोकिएको सम्मान कार्यक्रममा तीन वर्षको सम्मान कार्यक्रम शनिबार एकैपटक गरिएको पुरस्कार छनोट समितिका संयोजक राजेन्द्र साहले जानकारी दिनुभयो ।

कार्यक्रममा आचार्यसँगै मनिता चाम्लिङ, प्रदिप मेन्याङ्बो, सन्तोष यादव, सन्तोष काफ्ले र बिनय प्रधानलाई पनि नगद १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।