२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


दुईवटा मोटरसाइकल जुध्दा एकको मृत्यु


169
Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा शनिबार बेलुकी दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको भे १० प २७११ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ८४ प १६१७ नम्बरको मोटरसाइकल आपसमा जुध्दा १६१७ नम्बरको मोटरसाइकल चालक बर्दियाको सानोश्रीका ४१ वर्षीय सुर्यप्रकाश वलीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका वलीको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै, अर्को मोटरसाइकल चालकलाई भने इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।