१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


1.417k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार सुन प्रति तोलामा १५ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।