१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियामा रुख ढलेर च्यापिदा बालकको मृत्यु


455
Shares

बर्दिया । शक्तिशाली हावाहुरीका कारण रुख ढलेर च्यापिदा बर्दियामा १२ वर्षीय बालकको मृत्यु भएको छ ।

शनिबार साँझ बाख्रा चराउन गएका मधुवन–७ का अमृत थापाको मृत्यु भएको हो ।

बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुग्दा आँपको रुख ढलेर उनलाई च्यापेको प्रहरीले बताएको छ ।

हावाहुरीले गर्दा जिल्ला भर सयौं बढी घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

यस्तै, हावाहुरीको क्षतिको प्रारम्भिक विवरण अनुसार अहिलेसम्म ९ जना घाइते भएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

यस्तै अहिले बर्दियाका अधिकांश स्थानमा विद्युत लाइन समेत काटिएको छ । साथै ठूलो मात्रामा अन्नबाली पनि नष्ट भएको बताइएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।