२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


१९ वर्षिय अमेरिकी टिकटक स्टारको शव एक मलको पार्किङमा भेटियो


585
Shares

एजेन्सी । अमेरिकाका १९ वर्षिय टिकटक स्टार कूपर नोरिगियाको शव एक मल (भवन) को पार्किङमा भेटिएको छ ।
उनको मृत्यु यही जुन ९ अर्थात गत बिहिबार भएको अमेरिकी प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामको अनुसार उनको शव अमेरिकाको लस एन्जलसको एक मलको पार्किङमा भेटिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । यस विषयमा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ । कूपरको मृत शरीरमा हिंसाको कुनै निसान वा प्रमाण फेला परेको छैन् ।

कूपरको बारेमा कुरा गर्दा उनी एक चर्चित टिकटक स्टार हुन् । उनको टिकटकमा १७ लाख भन्दा बढी फलोअर्स रहेका छन् । कूपरले आफ्नो मृत्युको केही समयअघि लेखेका थिए, ‘ यस्तो कसले सोचेको हुन्छ कि मानिसहरू आफ्नो जवानीमा नै मर्छन् । ’ सामाजिक सञ्जालमा लेखेको केही घण्टापछि उनको मृत्यु भएको हो । उनको मृत्युको खबरले उनका प्रशंसकहरूलाई निकै दुःखी बनाएको छ ।

कूपरले यही जुन ५ मा सामाजिक सञ्जालमा डिस्कर्ड समूह बनाएका थिए । यस समूह मार्फत उनले आफ्नो फलोअर्ससँग मानसिक स्वास्थ्यको बारेमा कुरा गर्थे । यसै समूहमा सबैले आफ्नो अनुभवहरू सेयरर गर्थे । उनले यो समूह बानाएर लेखेका थिए, ‘ यदी तपाई आफ्नो भावना बाहिर निकाल्न चाहानुहुन्छ भने आउनुहोस् यसमा सामेल हुनुहोस् मैले यो बनाएको छु किनकि म तपाईहरूलाई माया गर्छु । म तपाइहरूलाई सहज महसुस गराउन चाहान्छु कि तपाइ एक्लै हुनुहुन्न । ’