१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै न्यायाधीशमाथि छानबिन गरी पूनर्नियुक्ति गरौं : पूर्व न्यायाधीश फोरम


130
Shares

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले देशभरका सबै तहका अदालतमा कार्यरत न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ ।

न्यायपालिका सुधारका लागि प्रस्ताव पेश गर्दै फोरमले सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्र पूनर्नियुक्ति दिनुपर्ने माग गरेको हो ।

राष्ट्रपतिबाट पाँच सदस्यीय छानबिन आयोग बनाई सोको सिफारिसका आधारमा न्यायाधीशको नियुक्ति गर्नुपर्ने माग फोरमको छ ।

यसअघि, नेपालको संविधान जारी हुने बेलामा पनि न्यायाधीशको पूनर्नियुक्ति गरिनुपर्ने माग संविधानसभामा उठेको थियो ।