१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना


169
Shares

काठमाडाैं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे छ ।

अन्य प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (साेमबार) बिहान नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णरुपमा बदली रहनेछ।

कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश- १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाकोसमेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएकाे छ । अन्य प्रदेशका भू-भागमा भने आंशिकदेखि मौसम सामान्यतया सफा हुने भएकाे छ ।

त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।