१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वन्यजन्तु आरक्षबाट चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित


546
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा जंगली जनावर चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित भएका छन् । चितुवालाई समयमा नै नियन्त्रण गर्न नसकिएकाले सर्वसाधारण आतंकित हुन् ।

सोमबार बिहानै बाक्लो मानव बस्ती रहेको जुटविकास टोलमा चितुवा देखिएको स्थानीय लक्ष्मी गेलालले जानकारी दिनुभएकाे हाे । उहाँले चितुवालाई नियन्त्रण नगरेका कारण टोलबासीहरू ढोका बन्द गरेर घरमै बसेको बताउनुभएकाे छ। चितुवालाई नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध गरिएकाे सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभएकाे छ ।

उहाँले इटहरी बासीको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको समेत बताउनुभएकाे छ। कोशि टप्पु वन्यजन्तु आरक्षका कर्मचारी परीक्षामा रहेकाले चितुवा नियन्त्रण गर्न केही समय लाग्ने उहाँले बताउनुभएकाे छ ।

स्थानीयबासीले तत्काल चितुवा नियन्त्रणगरि अवस्था सहज बनाउन माग गरेका छन् ।