१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने


143
Shares

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ । जसअनुसार गठबन्धनको तर्फबाट समन्वय समिति प्रमुखको लागि नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव दिपक गौतमले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रिमबहादुर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट जिल्ला समन्वयन समिति प्रमुखमा कमला काफ्ले र उपप्रमुखमा राजेन्द्र केसीले उम्मेदवारी दिएका छन् । जिल्ला समन्वय समितिको निर्वाचन आगामी असार १ गते हुने भएकाे छ । १३ स्थानीय तह रहेको काभ्रेमा २६ मतदाता रहेका छन् ।नेपाली कांग्रेस एक्लैको १३ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको १ मत रहेको छ ।

नेकपा एमालेसँग ४ मत मात्रै छ । तर, बहुमतका लागि १४ मत आवश्यक पर्छ ।