
काठमाडौं, वैशाख १० । एनसेल प्रयोगकर्ताले भ्वाइस, डेटा र एसएमएस सेवा बन्डल गरिएको प्याक पाँच रुपैयाँमै प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
कम्पनीले यस सुविधामा पहिला सेवा प्रयोग गरेपछि शुल्क तिर्न सक्ने अफर ल्याएको हो ।
कम्पनीको यस सुविधाअन्तर्गत् ग्राहकले ब्यालेन्स कम भएपनि परिवारका सदस्यसँग सम्पर्कमा रहन सहयोग हुने भन्दै यो सुविधा ल्याएको जनाएको हो ।
कम्पनीले ‘लकडाउन’ सुरु भएपछि भ्वाइस, डेटा र एसएमएसलगायत कुनैपनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रुपैयाँभन्दा कम भएका ग्राहकहरुको लागि यो सुविधा ल्याएको हो ।
राति ९ बजेदेखि अर्काे दिन ९ बजेसम्म प्रयोग गर्न सक्ने गरी यस सुविधा ल्याएको एनसेलले जनाएको छ ।
यस सुविधाको म्याद ७ दिनका लागि रहने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्