१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप १५ जनामा कोरोना संक्रमण


117
Shares

काठमाडौं । देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २ सय ११ जनामा गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।