१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लागूऔषध सेवनको आरोपमा शक्ति कपूरका छोरा सिद्धान्त कपूर गिरफ्तार


1.144k
Shares

एजेन्सी । भारतीय अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषधको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ ।

भारतीय कलाकारको नाम लागूऔषधसँग लामो समय देखि नै जोडिएर आइरहेका छ । पछिल्लो केही समयदेखि लागूऔषधको मामिलामा थुपै कलाकारहरू मुछिएका छन् । तर, अहिले शक्ति कपूरका छोरा, श्रद्धा कपूरका दाई सिद्धान्त कपूरको नाम चर्चामा छ । उनीमाथि लागूऔषध सेवन गरेको आरोप लागेको छ ।

उक्त विषयमा शक्ति कपूरले आफूलाई यो विषय भारतीय संचारमाध्यमबाटै थाहा भएको बताएका छन् । उनले भनेका छन् ‘मलाई यस बारेमा केही पनि थाहा छैन् । यो असम्भव हो ।’

‘म जब ९ बजे बिहान उठ्दा यस्तो खबर आइरहेको थियो कि सिद्धान्तलाई हिरासतमा लिइएको छ । सम्पूर्ण परिवारले सम्पर्क गर्न खोजिरहेको छ तर सिद्धान्तसँग सम्पर्क हुन सकेको छैन् । आखिर के भैरहेको छ मैले बुझ्न सकेको सकेको छैन ।’ उनले भनेका छन् ।

सिद्धान्त कपूरलाई बैंगलोर प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ । उनले लागूऔषध सेवन गरेको आरोप लागेको छ । साथै उनको परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ । भारतीय सञ्चार माध्यामका अनुसार सिद्धान्तसँगै अन्य ६ जनाको रिपोर्ट पनि पोजेटिभ भेटिएको छ । यी सबै बैंगलोरको एमजी रोडमा रहेको होटलमा पार्टी गर्दै थिए । सोही ठाँउमा प्रहरीले छापा मारेको थियो ।

सिद्धान्त कपूर पनि आफ्नो बुबा र बहिनी जस्तै फिल्म क्षेत्रमा जोडिएका छन् । उनले थुप्रै भारतीय फिल्ममा काम गरेका छन् । तर, उनको फिल्म करियर भने सफल छैन् । उनले फिल्म बाहेक वेब सिरिज र म्युजिक भिडियोमा पनि काम गरेका छन् । तर, उनी कलाकारको रुपमा कतै पनि सफल हुन सकेका छैनन् ।