२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अष्ट्रेलिया विश्वकपमा छनोट


468
Shares

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ ।

कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो ।

सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथबाट निस्किएको थियो । जहाँ अष्ट्रेलियाका गोलरक्षक आन्द्रे रेडमायने नायक बने। उनले पेरूका एलेक्स भालेराको पेनाल्टी बचाउँदै टोलीलाई विश्वकपमा पु¥याएको हो ।

पेनाल्टीमा अष्ट्रेलियाका लागि मोय, गुडविन, रुस्टिक, माक्लारेन र माबिलले गर्दा, बोयलले गरेको सुरुवाती प्रहार भने बाहिरीएको थियो । यसैगरी, पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्न सफल हुँदा लुइस इडभिनकुलाले गोल गर्न नसक्दा एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए ।

यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागिता जनाउने भएका छन् ।

योसँगै विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ । अब इन्टर कन्टिनेन्टल प्लेअफको एक खेल हुन बाँकी छ, जसमा कोस्टारिका र न्युजिल्याण्ड मंगलबार खेल्दैछन् । यसको नतिजासँगै विश्वकपमा खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।