
एजेन्सी । हलिउड अभिनेता केभिन स्पेसी फाउलरलाई तीन पुरुषहरू विरुद्ध यौन दुर्व्यवहारको अभियोग लगाइएको छ ।
यस्तै, केभिनविरुद्ध आफ्नो इच्छाविपरीत एक व्यक्तिसँग यौन क्रियाकलाप गरेकोमा पनि मुद्दा दर्ता भएको बेलायतको मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।
६२ वर्षीय केभिन स्पेसीलाई बिहीबार बेलायतको अदालतमा हाजिर हुनुपर्नेछ । यस मामलामा केभिनले बिहीबार बिहान १० बजे बेलायतको वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा हाजिर हुनुपर्नेछ । केभिन विरुद्धको आरोपका लागि प्रहरीले जम्मा गरेका सबै प्रमाणहरूको अब समीक्षा हुने भएको छ ।
२००५ मा, केभिनलाई लन्डनमा एक पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । अगस्ट २००८ मा, केभिनले अर्को पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । र त्यसपछि अप्रिल २०१३ मा उनलाई ग्लुसेस्टरशायरमा अर्को पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
केभिन स्पेसी एक प्रसिद्ध अमेरिकी अभिनेता हुन् । उनले आफ्नो अभिनय करियर सन् १९८० मा सुरु गरेका थिए ।
फिल्म हार्टबर्न र वर्किंग गर्ल उनको पहिलो फिल्म थियो । तर, उनीले सन् १९९५ मा द यूजुअल सस्पेक्ट्सबाट प्रसिद्ध भए । यस फिल्मका लागि उनले उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार अवार्ड प्राप्त गरे । यसपछि उनले सन् १९९९ मा फिल्म अमेरिकन ब्यूटीमा काम गरे र सर्वश्रेष्ठ अभिनेताको लागि ओस्कर पुरस्कार जिते ।
प्रतिक्रिया दिनुहोस्