१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एडल्ट पार्टी गरिरहेकी रुसी मोडलको कसरी भयो पीडादायी मृत्यु ?


1.768k
Shares

एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ ।

एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो । थाइल्याण्डको फुकेटको पटोंग रोष्टुरेण्टम यो घटना भएको हो । घटना भएको स्थान थाइल्याण्डको एउटा रेड लाइट क्षेत्र हो । एभजेनिया भवनबाट ८० फिट तल खसेकी थिइन् । उक्त घटना गत मे ३१ को भएतापनि हालै सार्वजनिक भएको हो । थाइल्याण्ड प्रहरीले मृत मोडल एभजेनियाको हातमा कपाल भेटेका छन् । एभजेनियालाई कसैले ८० फिटको उचाई देखि फालेको अनुमान प्रहरीले गरेको छ । घटनामा प्रहरीले एक अमेरिकी नागरिक र अन्य दुई व्यक्तिलाई पक्राउ गरेको छ । यी तीनै जनामाथि गैरजिम्मेवार व्यवहारका कारण मोडलको ज्यान गएको हुनसक्ने आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार मोडल एभजेनिया थुप्रै सामाजिक सञ्जालहरूमा सक्रिय थिइन् । उनी जहाँ जान्थिन सबै कुरा सामाजिक सञ्जालमा सेयर गर्ने गर्थिन् ।

प्रहरीले उनको हातमा भेटेको कपाललाई फोरेन्सिक जाँच गराइरहेको छ । जसबाट प्रहरीले उक्त घटनाका समयमा मोडल एभजेनियासँग रहेका व्यक्तिहरूको पहिचान गर्न सक्ने छ । एभजेनियाको ८० फिट तल खसेका कारण उनको टाउकोमा निकै ठूलो चोट लागेको र खुट्टा पनि भाँचिएको थियो ।

उनी रुसको निन्जी नोभगोरोडकी हुन् । तर, पछि राजधानी मस्को सरिन् । २५ मे मा उनी थाइल्यान्डको फुकेट पुगेकी थिइन् । समाचारका अनुसार उक्त पार्टीमा लागूऔषध सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर, घटना कसरी घटेको हो अझै पत्ता लागेको छैन् ।